Kranti Purus

(0 ratings)

Overview:

प्रजातन्त्रको उज्यालो उदाए पश्चात् राष्ट्रले लोकतन्त्र सम्मको यात्रा तय गरेको छ । तर यस्तो समयमा पनि वीपीलार्इ उनको जीवनी र राजनैतिक सङ्घर्षलार्इ आद्योपान्त बुझाउने-चिनाउने कुनै गहन कृति आउन सकेको थिएन । तर निजी प्रयासबाट देवीप्रसाद वनबासीले वीपीको जीवनी लेखनमा योगदान दिएका छन् । एउटा आठौँ दशकमा हिँडेका जेष्ठ नागरिकबाट यो कर्म हुनु स्वागत योग्य छ । यद्यपि नेपाली काङ्ग्रेस वीपीकै नाम उच्चारण गरेर बारम्बार माथि आउन खोज्छ, आएको पनि छ । तर कुन तथ्य साबित भइसकेको छ भने काङ्ग्रेस दलका अधिकांशहरु काङ्ग्रेसीका रुपमा गणना हुनका लागि मात्र वीपीको नाम उच्चारण गर्ने गर्दछन् । आजीवन प्रजातन्त्रको युध्द लड्ने अविजेय योध्दा वीपीको शतवार्षिकीको अवसरमा यो कृतिलार्इ घरघरमा सबैले अध्ययन गरी वीपी र प्रजातन्त्रको सम्मान गरौँ । -प्रा. डा. गोविन्दराज भट्टरार्इ

Author:
Publishers: ORIENTAL Publication
Rs 250